जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभाबाट अभिलेख संरक्षण विधेयक पारित

प्रतिनिधिसभाबाट अभिलेख संरक्षण विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।

सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

धेरै टिप्पणी गरिएका