जोडिनुहोस
  • होमपेज
  • वनलाई जीविकोपार्जनसँग जोड्नुपर्छ: मन्त्री पोखरेल

वनलाई जीविकोपार्जनसँग जोड्नुपर्छ: मन्त्री पोखरेल

हेटौँडा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री केशव प्रसाद पोखरेलले वन क्षेत्रलाई जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने बताएका छन् । बिहीबार प्रदेश सभामा मन्त्रालयमाथि छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले वनबाट जनताको आर्थिकस्तर उकास्न गरी कार्यक्रमहरू निर्धारण गर्नुपर्ने उनले बताए ।

मन्त्री पोखरेलले नागरिकहरूलाई आयआर्जजनमा जोड्न सरकारले अहिले एक वन समूह एक उद्यम कार्यक्रम ल्याएको पनि बताए । ‘वन क्षेत्र भएको प्रदेशमा वनलाई जनताको जीविकोपार्जनको पक्षमा प्रयोग गर्नुपर्छ । त्यसका लागि प्रदेश सरकारले बजेटमार्फत कार्यक्रम ल्याएका छौँ । सरकारले कार्यक्रम मार्फत जनताको आर्थिकस्तर उकास्ने गरी नागरिकहरूलाई सहभागी गराउने योजना निर्माण गरेको छ,’ उनले भने, ‘सरकारले काठको प्रयोग, कम्पोस्ट मल, खेतीका कुरा र प्रशोधनका विषयलाई बजेटमा प्राथमिकताका साथ अघि बढाएको छ । नागरिकहरूलाई समेटेर वनलाई उपयोगको पाटोमा अघि बढ्ने सरकारको योजना छ ।’

सरकारले प्रदेशभित्र बन्ने सरकारी कार्यालयहरूमा स्वदेशी काठको प्रयोग गर्नुपर्ने निर्णय गरेको र बजेट कार्यक्रममा पनि समावेश गरेको उनले बताए । सो कार्यक्रमहरू मार्फत काठहरू खेर जाने र विक्री नहुने अवस्थाको अन्य गर्ने उनको भनाई छ ।

प्रदेश सरकारको लगानीमा काभ्रेमा सिजनिङ एन्ड ट्रिडमेन्ट प्लान्ट राख्न ५० लाख बजेट व्यवस्था गरिएको उनले बताए । प्रदेश सरकारको राजस्व वृद्धि गर्न वन क्षेत्रको प्रयोग तथा संरक्षणमा सरकारले काम गर्ने तयारी गरेको मन्त्री पोखरेलले बताए । वन क्षेत्रबाट प्रदेशमा चालु आर्थिक वर्षमा ३२ करोड रुपैयाँ आम्दानी गरेको र उक्त दर बढाउने काममा सरकारले तयारी गरेको उनको भनाई छ ।

वन मन्त्रालयको तर्फबाट १.७० प्रतिशत साधारण खर्च घटाएको, पुँजीगत बजेटमा १२.८४ वृद्धि गरेको उनले बताए । उनका अनुसार स्थानीय तह र अन्य निकायहरूले बाटोघाटो बनाउने बेला वन क्षेत्र अतिक्रमण गर्ने र पहिरो व्यापक हुने समस्या देखिने गरेको छ । विकास निर्माणका काममा वन क्षेत्रसँग जोडिएका समस्या समाधानमा सरकारले काम गरिरहेको उनले बताए ।

धेरै टिप्पणी गरिएका