जोडिनुहोस
  • होमपेज
  • बालुवाटारमा प्रमुख तीन दलको बैठक : दोस्रो तहका नेता र पूर्वमहान्यायाधिवक्ता पनि सहभागी

बालुवाटारमा प्रमुख तीन दलको बैठक : दोस्रो तहका नेता र पूर्वमहान्यायाधिवक्ता पनि सहभागी

काठमाडौँ । प्रमुख तीन दलका नेताहरु छलफलमा जुटेका छन् । टीआरसीलगायतका विषयमा सहमति जुटाउन तीन दलका नेताहरु छलफलमा जुटेको बताइएको छ ।

बैठकमा तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौलाका साथसाथै पूर्वमहान्याधिवक्ता रमेश बडाल, अग्नि खरेल, कानुनका जानकार राधेश्वास अधिकारसमेत सहभागी छन् । यस्तै बैठकमा तीन दलका दोस्रो तहका नेताहरु पनि सहभागी छन् ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायतका नेताहरु छन् । छलफलमा टीआरसी विधेयकबाहेक अन्य समसामयिक विषयमा पनि कुराकानी हुने बुझिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका