जोडिनुहोस
  • होमपेज
  • दिल्लीको विमानस्थलमा टर्मिनल भवनको छत खस्यो, ६ जना घाइते

दिल्लीको विमानस्थलमा टर्मिनल भवनको छत खस्यो, ६ जना घाइते

काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खसेको छ । आज बिहान परेको भीषण वर्षाका कारण भवनको छाना खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन् । भवनको छत सवारीसाधन र ट्याक्सीमाथि खसेको थियो ।

जसमा केही मानिस पुरिएका थिए । घरको छानाबाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका हुन् । घटनाका कारण टर्मिनल १ बाट हुने सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् र चेक इन काउन्टरहरू बन्द गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका