जोडिनुहोस
  • होमपेज
  • स्लोभाकियामा रेल र बस ठोक्किँदा सात जनाको मृत्यु

स्लोभाकियामा रेल र बस ठोक्किँदा सात जनाको मृत्यु

स्लोभाकिया । युरोपेली मुलुक स्लोभाकियामा एउटा रेल र बस आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते छन् ।

स्लोभाक एम्बुलेन्स सर्भिसका अनुसार मृतकहरू सबै बसमा यात्रा गरिरहेका थिए । उनीहरू नराम्रोसँग जलेकाले चिन्न सक्ने अवस्था नभएको त्यहाँका आन्तरिकमन्त्री मातस सुतज इस्तोकले बताएका छन् ।

स्थानीय समयअनुसार बिहीबार भएको दुर्घटना राजधानी ब्रातिस्लाभाभन्दा ८० किलोमिटर पूर्व नोभ जाम्की सहरमा भएको थियो । दुर्घटनाको समयमा रेलमा २०० र बसमा ९ यात्री भएको जनाइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका