जोडिनुहोस
  • होमपेज
  • धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ । बोर्डको अध्यक्ष सिफारिस गर्न गठित समितिले नै अहिलेसम्मको सबै प्रक्रिया रद्द गरेको हो ।

अर्थ मन्त्रालयले शुक्रबार सूचना निकालेर अध्यक्षको नाम सिफारिस गर्न हालसम्म सम्पन्न गरिएका छनोट सम्बन्धी सबै प्रक्रिया रद्द गरिएको जनाएको छ । मन्त्रालयले रद्द हुनुको कारण भने अहिले नै दिएको छैन ।

समितिले असार पहिलो साता अध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका संक्षिप्त सूचीका पाँच जनालाई अन्तर्वार्ताका लागि बोलाएको थियो। पाँचमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने योजना थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका