जोडिनुहोस
  • होमपेज
  • भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि

भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि

भारतमा सूचना प्रविधि सेवाको क्षेत्र सन् २०२३ मा ६ दशमलब ६ प्रतिशतले बढेको पाइएको छ । आर्थिक अनिश्चितताबीच सन् २०२३ मा भारतको सूचना प्रविधि सेवामा सुधार देखिएको इन्टरनेशनल डेटा कर्पोरेसनले जनाएको छ । हाल भारतमा सूचना प्रविधि सेवाको बजार १४ अर्ब ५० करोड डलर बराबर रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । सन् २०२२ मा सूचना प्रविधि सेवाको बजार ७ दशमलब ४ प्रतिशतले बढेको थियो । कर्पोरेसनले सन् २०२३ देखि २०२८ सम्म यो बजार ७ दशमलब ३ प्रतिशतले बढेर २० अर्ब ७० करोड पुग्ने अनुमान गरेको छ । पछिल्लो समय एआईको प्रयोग बढ्दै गएसँगै भारतीय सूचना प्रविधि सेवाको बजार थप चुनौति थपिएको जनाइएको छ ।

धेरै टिप्पणी गरिएका