जोडिनुहोस
  • होमपेज
  • सहकारीबारे संसदीय छानबिन समितिको बैठक बस्दै

सहकारीबारे संसदीय छानबिन समितिको बैठक बस्दै

काठमाडौँ । सहकारी संस्था बचत रकम संसदीय विशेष छानबिन समितिको बैठक बस्दैछ । आइतबार बिहान ११ बजेपछि बस्ने बैठकमा यसअघि विभिन्न समयमा समस्याग्रस्त सहकारीको विषयमा छानबिन गरेका समितिका संयोजकसँग छलफल गर्ने एजेण्डा रहेको छ ।

समितिका संयोजक एमाले सांसद सूर्य थापाले भने– ‘यसअघि सहकारी संस्थामा छानविन, जाँचबुझ गर्ने समितिका ४ जना संयोजकसँग छलफल राखिएको छ । यसबाहेक अरु नियमित विषयमा छलफल गर्छौं ।’

सिंहदरस्थित संसद सचिवालयमा रहेको कार्यालयमा समितिको बैठक बस्न लागेको हो । गत जेठ १५ गते गठन गरिएको यो समितिलाई ३ महिनामा गोरखा मिडिया नेटवर्क लगायतका सहकारी संस्थाहरुको छानविन गरेर प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ ।

धेरै टिप्पणी गरिएका