जोडिनुहोस
  • होमपेज
  • बीएन्डबी अस्पतालमा एकैदिन तीन बिरामीको रोबोटबाट सर्जरी

बीएन्डबी अस्पतालमा एकैदिन तीन बिरामीको रोबोटबाट सर्जरी

काठमाडौं । ललितपुरको बीएन्डबी अस्पतालमा एकैदिन तीनवटा रोबोटिक सर्जरी गरिएको छ । ल्याप्रोस्कोपिक सर्जन तथा आईभीएफ विशेषज्ञ डा. नुतन शर्माले रोबोटबाट तीन महिलाको एकैदिन शल्यक्रिया गरेकी हुन् ।

शल्यक्रियाबाट ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको अण्डाशय र अर्की ३४ वर्षीया महिलाको पाठेघरको ट्युमर निकालिएको हो ।

डा. शर्मालाई भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डा. लीना मेहरोटाले अनलाइन अनुगमनमार्फत् सहयोग गरेकी थिइन् । रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । “यो मेरो करिअरको महत्त्वपूर्ण क्षण त हो नै, त्यसमाथि देशमै पहिलो रोबोटिक सर्जरी गर्ने सफलताको रेकर्ड हामीले राख्नु अर्को गर्वको विषय भयो” डा. शर्माले भनिन् ।

उनका अनुसार रोबोटिक प्रणालीले ठूलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्नसक्छ । यसले गर्दा जटिलताको जोखिम घटाउने र शल्यक्रिया परिणाम सुधार हुन्छ । साथै, न्यून चिरफार हुने हुँदा बिरामीहरूलाई पीडा खासै हुँदैन र घाउ अनि खत पनि धेरै रहँदैन ।

रोबोटिक सर्जरी अब स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्रै नभएर अन्य रोगको शल्यक्रियामा पनि प्रयोगमा ल्याइने डा. अस्पतालका सहायक निर्देशक निरज वैद्यले बताए ।

धेरै टिप्पणी गरिएका