जोडिनुहोस
  • होमपेज
  • जेलेन्स्कीले मागे लामो दूरीमा प्रहार गर्ने हतियार

जेलेन्स्कीले मागे लामो दूरीमा प्रहार गर्ने हतियार

किभ । युक्रेनमा एक मिसाइल हमलामा दुई बालबालिका समेत ११ जनाको मृत्यु भएपछि राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले फेरि एकपटक लामो रेन्जको हतियारका निम्ति अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले भनेका छन्, “हाम्रा सहर तथा मानिस हरेक दिन रुसी हमला झेलिरहेका छन् । रुसी मिसाइल लन्चरलाई ध्वस्त गरेर मात्र हामी यो समस्याबाट मुक्त हुनसक्छौँ । यसका निम्ति युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने हतियार आवश्यक छ । यसका साथै आधुनिक एयर डिफेन्स सिस्टम पनि बढाउनुपर्नेछ ।”

शनिबार युक्रेनको सुदूर इलाका जपोरियाजियाको विलनियांस्कमा रुसी हमलाबाट ११ नागरिकको मृत्यु भएको थियो । ३७ जना घाइते भएका थिए । त्यसपछि जेलेन्स्कीले पश्चिमा देशसँग लामो दूरीमा प्रहार गर्ने हतियारको माग गरेका हुन् । बीबीसीबाट ।

धेरै टिप्पणी गरिएका