जोडिनुहोस
  • होमपेज
  • सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछानेबीच छलफल

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछानेबीच छलफल

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ताटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको छ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच आइतबार दिउँसो भेटवार्ता भएको थियो। उनीहरूबीच करिब एक घन्टा एक्लाएक्लै छलफल भएपछि उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने पनि पुगेका हुन्।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘प्रधानमन्त्री, एमाले अध्यक्ष र रास्वपा सभापतिबीच छलफल भएको हो,’ प्रधानमन्त्री दाहालको सचिवालय स्रोतले भन्यो।

यसैबीच शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोटस्थित निवासमै पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका थिए। देउवा र ओलीबीच तीन घन्टा कुरा भए पनि के-के विषयमा केन्द्रित थियो भन्ने सार्वजनिक भइसकेको छैन।

धेरै टिप्पणी गरिएका