जोडिनुहोस
  • होमपेज
  • समाजलाई दक्षिणपन्थी यथास्थितिवादमा जान दिँदैनौँ : उपाध्यक्ष राई

समाजलाई दक्षिणपन्थी यथास्थितिवादमा जान दिँदैनौँ : उपाध्यक्ष राई

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जयन्ती राईले समाजलाई दक्षिणपन्थी र यथास्थितिवादतर्फ जान नदिने बताएकी छन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उपाध्यक्ष राईले महाधिवेशनमार्फत पार्टीले लिने नीति, सिद्धान्त र विचारले समाजलाई दक्षिणपन्थी यथास्थितिवादमा जान नदिने बताएकी हुन् ।

‘हामी यो प्रतिवद्दता व्यक्त गर्छौ कि समाजलाई दक्षिणपन्थी बाटोमा जान दिँदैनौँ । यथास्थितिमा रहन दिँदैनौँ । हामीले दशौं महाधिवेशनका लागि तय गरेको दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ ।’ राईले आह्वान गरिन् ।

समाजवादको बाटो र नाराबाट सिङ्गो संसार बदलिन सक्ने भन्दै नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणका लािग महाधिवेशन महत्त्वपूर्ण हुने बताइन् ।

धेरै टिप्पणी गरिएका