जोडिनुहोस
  • होमपेज
  • नेपाल पेचिलो परिस्थितिमा छ : विप्लव

नेपाल पेचिलो परिस्थितिमा छ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल पेचिलो परिस्थितिमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

नेपाल सुन्दर र साधनस्रोतले पूर्ण रहेकाले सबैका आँखा यहाँ रहेको उनले उल्लेख गरे । उनले विश्वका विभिन्न कुदृष्टि नेपालमाथि परिरहेको बताए । नेपालको साधनस्रोतलाई कब्जा गर्ने होडबाजी चलिरहेको उनको भनाइ थियो ।

नेपाल युगान्तकारी परिवर्तनबाट अहिलेको अवस्थामा आइपुगेको उनले बताए । एकीकृत समाजवादीको महाधिवेशन उद्घाटनका क्रममा विप्लवको भनाइ पढ्नोस्–

नेपाल आज एउटा पेचिलो परिस्थितिमा छ । नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा छ भन्ने कुरा यहाँहरू सबैलाई थाहा छ । हाम्रो देश सुन्दर पनि छ, हाम्रो देश निकै स्रोतसाधनले सम्पन्न पनि छ । सुन्दरता र स्रोतसाधनले सम्पन्न हुनु भनेको निकै चुनौतीपूर्ण हो । सुन्दरतामा सबैको आँखा पर्छ । आज सम्पूर्ण कुतत्त्वहरूको आँखा नेपालमा परिरहेको पनि हामी राम्रोसँग देख्न सक्छौँ । यसको स्रोतसाधनलाई कब्जा गर्ने होडबाजी निकै तीव्र ढंगले चलिरहेको छ । यो जियोपोलिटिक्समा रातारात हामीलाई युक्रेनको दिशामा घिसार्ने, ठूलाठूला कुसपनाहरू पनि मडारिरहेको हामी देख्छौँ । नेपाल यस्तो ठाउँमा छ । नेपालका श्रमिक जनताहरूले हामीलाई हेरिरहेका छन् । यो महाविधेशनलाई हेरिरहेका छन् । नेपालका श्रमिक जनताका चाहनाहरू अधुरै छन् । नेपालका मजदुर, किसानहरू, जाति–जनजातिहरू, मधेस, पहाड, महिला, श्रमिक समुदाय, दलितहरू, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग र समुदायहरू छन्, यी सबै नेपालको आजको परिस्थितिमा सन्तुष्ट छैनन् । उनीहरूका अधिकार केही प्राप्त भएका छन्, तर राजनीतिक क्षेत्रमा आएको परिवर्तन आर्थिक जीवनमा बदलिन सकेको छैन । न्युज एजेन्सी नेपाल

ताजा समाचार

धेरै टिप्पणी गरिएका