जोडिनुहोस
  • होमपेज
  • विहानै बालुवाटार पुगे ओली,सत्ता समीकरणमा हलचल

विहानै बालुवाटार पुगे ओली,सत्ता समीकरणमा हलचल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर ओलीले तीन घण्टा छलफल गरेपछि अहिले शीर्ष नेताहरूको भेटघाट बाक्लिएको छ ।

आइतबार मात्रै ओली, प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबारमा भेटवार्ता गरेका थिए । ओलीले देउवासँग छलफल गरेपछि सत्ता समीकरणमा तरङ्ग मच्चिएको छ । यता कांग्रेस सभापति देउवाले आज (सोमबार) पार्टी पदाधिकारी बैठक बोलाएका छन् । बैठक बूढानीलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

धेरै टिप्पणी गरिएका