जोडिनुहोस
  • होमपेज
  • नाउपा वहुमत सदस्यले संसदीय दलको नेताबाट रञ्जितालाई हटाए, गंगा चौधरी चयन

नाउपा वहुमत सदस्यले संसदीय दलको नेताबाट रञ्जितालाई हटाए, गंगा चौधरी चयन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संसदीय दलको नेता हेरफेर भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गंगा चौधरीलाई दलको नेता चयन गरेका छन् ।

नाउपाका चार सांसदमध्ये तीन जनाले चौधरीलाई संसदीय दलको नेतामा चयन गरेका हुन् । नाउपाका चार सांसदमध्ये गंगा चौधरी, अरुण चौधरी र लालवीर चौधरी एकातर्फ उभिएपछि गंगा चौधरी अध्यक्षमा चयन भएका हुन् । योसँगै पार्टी अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ भने संसदीय दलको नेताबाट हटाइएकी छन् ।

यससँगै उनी संसदीय दलमा एक्लिएकी छन् । गंगा चौधरी यसअघि नाउपाको प्रमुख सचेतक थिए ।

धेरै टिप्पणी गरिएका