जोडिनुहोस
  • होमपेज
  • भारतमा नयाँ कानुन : विवाहको बाचा गरेर धोका दिए १० वर्ष जेल

भारतमा नयाँ कानुन : विवाहको बाचा गरेर धोका दिए १० वर्ष जेल

नयाँ दिल्ली । भारतमा सोमबार (आज)देखि तीन आपराधिक कानुन कार्यान्वयनमा ल्याइएको छ । ती कानुनमा भारतीय न्याय संहिता, भारतीय नागरिक संहिता र भारतीय साक्ष्य संहिता छन् ।

यी कानुन गत वर्ष संसद्का दुवै सदनबाट ध्वतिमतका साथ पारित गरिएको थियो । त्यति बेला विधेयकमाथि दुवै सदनमा करिब पाँच घण्टा बहस भएको थियो । त्यसक्रममा विपक्षका १४० भन्दा बढी सांसदलाई निलम्बन गरिएको थियो ।

यी कानुनमा नयाँ व्यवस्था समावेश छ । जस्तो, विवाहको बाचा गरेर धोका दिएमा १० वर्षको जेल सजायजस्ता व्यवस्था यसमा गरिएको छ । यूएपीएजस्तै आतंकविरोधी कानुनलाई पनि यसमा समावेश गरिएको जनाइएको छ ।

नयाँ कानुनानुसार, अब सुनुवाइको ४५ दिनभित्र फैसला, उजुरी गरेको तीन दिनमा एफआईआर दर्ता गरिनुपर्ने, पाकेटमारलाई तीन वर्षसम्म जेल सजाय हुन सक्नेलगायत व्यवस्था गरिएको जनाइएको छ । बीबीसी हिन्दीबाट ।

धेरै टिप्पणी गरिएका