जोडिनुहोस
  • होमपेज
  • देउवा–ओली भेट हुनासाथ सत्ता समीकरण उलटफेर हुँदैन : सांसद सापकोटा

देउवा–ओली भेट हुनासाथ सत्ता समीकरण उलटफेर हुँदैन : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताबीच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूको भेट हुनासाथ सत्ता समीकरण उलटफेर नहुने बताए । उनले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूबीचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने स्पष्ट पारे । नेताहरू भेट हुनासाथ सत्ता समीकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने उनको भनाइ छ ।

“दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरूलाई नजिकबाट नियाल्यौँ भने अहिले सिंगै राजनीति तरंगित भएको छ । एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताबीचमा संवाद हुने बित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठूला–ठूला ब्यानर न्युजहरू हामीले पढ्न पाउछौँ । राजनीतिक दलका नेताहरूबीचमा संवाद हुने कुरा सकारात्मक र राम्रो हो,” उनले भने ।

सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउनुपर्नेमा सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराए ।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?