
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरेको छ । १० औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन एकीकृत समाजवादीले पुराना कम्युनिस्ट नेता सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, शम्भु साह, गोपीरमण उपाध्याय, रामऔतार पासमान, न्हुच्छेनारायण डुकुजु, विजयलाल श्रेष्ठ र शितल झा रहेका छन् ।
उनीहरूलाई अध्यक्ष माधवकुमार नेपालले सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।