![सुनको मूल्य तोलाको १ लाख १० हजार ८ सय रुपैयाँ](https://sagarmatha.tv/wp-content/uploads/2023/02/gold.webp)
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख १० हजार ८ सय रुपैयाँ पुगेको हो ।
यस्तै तेजावी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।