जोडिनुहोस
  • होमपेज
  • सङ्क्रमणकालीन विषय टुंगो लगाउन कार्यदल गठन

सङ्क्रमणकालीन विषय टुंगो लगाउन कार्यदल गठन

काठमाडौं– सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी विषयलाई टुंगो लगाउन कार्यदल गठन भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुंगो लगाउन सहमति भएको हो । जस अनुसार तीन पार्टीबाट एक–एक जना सदस्य रहेका छन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी एमाले बाट आफू र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन्। कार्यदलले छलफल गरेर बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने छ ।

धेरै टिप्पणी गरिएका