जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव अधिकारी सिफारिस

प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव अधिकारी सिफारिस

काठमाडौं- सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि सिफारिस गरेका छन् ।

सभामुख घिमिरेले संविधानको धारा १०६ तथा संघीय संसद्‍का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस गरेका हुन् । अधिकारी संखुवासभाको खाँदवारी नगरपालिका-२ निवासी हुन् । प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्‍को महासचिव भएपछि यो पद २०८० माघ २३ देखि रिक्त थियो ।

धेरै टिप्पणी गरिएका