जोडिनुहोस
  • होमपेज
  • सत्ता समीकरण फेरबदलको चर्चाबारे गृहमन्त्री लामिछानेले भने– हल्ला मात्रै हो

सत्ता समीकरण फेरबदलको चर्चाबारे गृहमन्त्री लामिछानेले भने– हल्ला मात्रै हो

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेकोबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

बाहिर सञ्चारमाध्यममा आएका कुराहरू हल्ला मात्रै भएको स्पष्ट पारे । आफूले दुई नेतासँग कुराकानी गरेको भन्दै त्यस्तो छनक नपाएको उल्लेख गरे । “हल्ला मात्रै हो । त्यस्तो थाहा छैन । म पनि सरकारमै छु । सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ । त्यस्तो केही पनि छैन । मेरो भर्खरै दुई नेतासँग कुरा पनि भयो । कहिलेकाहीँ विभिन्न प्रक्रियाहरूमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ । सामान्य भेटघाट नै हो । यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन,” उनले भने । गृहमन्त्री लामिछानेले शीर्ष नेताहरूबीचको भेटघाट समान्य भेटघाटको रूपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने बताए ।

धेरै टिप्पणी गरिएका