जोडिनुहोस
  • होमपेज
  • टेलिकमको एमडीका उमेदवारलाई अन्तर्वार्तामा बोलाइयो

टेलिकमको एमडीका उमेदवारलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदका उमेदवारलाई अन्तर्वार्तामा बोलाएको छ । यही असार २० देखि २२ गतेसम्म मन्त्रालयले १६ उमेदवारलाई कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा बोलाएको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को एमडी पदका निम्ति मन्त्रालयले १६ जनाको आवेदन स्वीकृत गरेको थियो । मन्त्रालयले अन्तर्वार्तामा बोलाएकामा राजेश जोशी, अनन्तप्रकाश मल्लिक, डा. विमल आचार्य, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. शालिग्राम पराजुली, लक्ष्मण महर्जन छन् ।

यस्तै, नगेन्द्रकुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी, शालिकराम सुवेदी र बुद्धिप्रसाद आचार्यलाई अन्तर्वार्तामा बोलाइएको हो । यीमध्ये एकजना टेलिकमको एमडीमा नियुक्त हुनेछन् ।

धेरै टिप्पणी गरिएका