जोडिनुहोस
  • होमपेज
  • पाकिस्तान र इरानबाट एक लाख बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

पाकिस्तान र इरानबाट एक लाख बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– पाकिस्तान र इरानबाट गत एक महिनामा एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फर्केका छन् ।

अफगानी नागरिक पाकिस्तान र इरानबाट स्वदेश फर्केको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । मन्त्रालयका प्रवक्ता अब्दुल मुतालिब हक्कानीका अनुसार स्वदेश फर्केका मानिसहरूलाई नगद र खाना वितरण गरिएको थियो ।

रिपोर्टका अनुसार २.५ मिलियन भन्दा बढी अफगानी शरणार्थीहरू पाकिस्तानमा बसिरहेका छन् भने लगभग समान सङ्ख्या इरानमा पनि रहेका छन् । अफगान कार्यवाहक सरकारले विदेशमा रहेका अफगान आप्रवासीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका