काठमाडौं– नयाँ सत्ता समीकरणमा सहमति भएको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार दिउँसो नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेका हुन् ।
त्यहाँ कांग्रेसको सञ्चार विभागद्वारा आयोजित पार्टिका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी अवलोकन गर्न नेताहरू पुगेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सानेपा पुगेका छन् । सानेपामा प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले एकसाथ फोटो प्रदर्शनी हेरेका छन्। प्रचण्ड नेतृत्वको सरकारलाई बिदा गरेर कांग्रेससँग नयाँ सत्ता समीकरण गर्ने निर्णयमा पुगेका ओली पनि केहीबेरअघि सानेपा पुगेका छन् ।
सानेपामै कांग्रेसले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र कांग्रेस नेता कृष्ण सिटौला सहभागी भएका छन् ।