जोडिनुहोस
  • होमपेज
  • केन्यामा कर वृद्धि विरोधी प्रदर्शन : ३९ जनाको मृत्यु, ३६१ घाइते

केन्यामा कर वृद्धि विरोधी प्रदर्शन : ३९ जनाको मृत्यु, ३६१ घाइते

कर वृद्धिसम्बन्धी नयाँ विधेयक को विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा कम्तीमा ३९ जनाको ज्यान गएको अल जजिराले जनाएको छ ।

केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसीएचआर) ले सोमबार मृतकको सङ्ख्या घोषणा गरेको हो । केएनसीएचआर रेकर्डले ‘देशव्यापी विरोध प्रदर्शनको सम्बन्धमा’ ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको सङ्केत गरेको छ । यो तथ्याङ्कले जुन १८ देखि जुलाई १ सम्मको अवधिलाई समेटेको आयोगको विज्ञप्‍तिले जनाएको छ ।

अधिकांश युवा प्रदर्शनकारीको नेतृत्वमा आयोजित शान्तिपूर्ण कर–विरोधी र्‍याली गत हप्ता संसदले विवादास्पद कानून पारित गरेपछि घातक हिंसाको स्तब्धकारी दृश्यमा परिणत भएको थियो ।

राष्ट्रपति विलियम रुटोले आइतबार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताएका थिए । उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको र मृत्युबारे अनुसन्धान गर्ने वाचा गरे ।

आयोगले संसद र अन्य सरकारी भवनमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको हिंसात्मक र स्तब्ध पार्ने अराजकताका कार्यको पनि कडा निन्दा गरेको छ ।

धेरै टिप्पणी गरिएका