जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह

प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीले मार्गप्रशस्त गर्दा उपयुक्त हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

“ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ । बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ,” उनले भने । प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे संवैधानिक प्रक्रिया आफ्नो ठाउँमा रहेको बताए ।

धेरै टिप्पणी गरिएका