जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले आजै समर्थन फिर्ता लिने

प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले आजै समर्थन फिर्ता लिने

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्गप्रशस्त नगरे मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले आज साँझसम्ममा मन्त्री फिर्ताको निर्णय हुने जानकारी दिए ।

“प्रधानमन्त्रीले मार्गप्रशस्त नगरे हाम्रा फिर्ता गछौँ । साँझसम्म त्यो निर्णय हुन्छ,” उनले भने । मंगलबार बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आजसम्मको समय दिएको थियो । नेपाली कांग्रेससँग सत्तासाझेदारीको सहमति भएपछि एमालेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरेको हो । माओवादीका नेताहरू प्रधानमन्त्री विश्वासको मतको प्रक्रियामा जाने बताउँछन् । एमालेले मन्त्रीहरूको राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने तयारी गरेको हो ।

धेरै टिप्पणी गरिएका