जोडिनुहोस
  • होमपेज
  • अख्तियारकी आयुक्तको घरमा ललितपुर महानगरले चलायो डोजर

अख्तियारकी आयुक्तको घरमा ललितपुर महानगरले चलायो डोजर

काठमाडौं । मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।

ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधबार दिउँसो महानगरपालिकाको टोलीले डोजर लगाएर भत्काएको हो । घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ असोज १ गते किनेको अभिलेखबाट देखिएको छ । तर स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।

ललितपुरका मेयर चिरिबाबु महर्जनले स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको तर नमानेपछि डोजर लगाएको जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका