जोडिनुहोस
  • होमपेज
  • मापदण्डविपरीत चलेका विदेशी सम्बन्धनका कलेजलाई शिक्षा मन्त्रालयले भर्ना लिन नदिने

मापदण्डविपरीत चलेका विदेशी सम्बन्धनका कलेजलाई शिक्षा मन्त्रालयले भर्ना लिन नदिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीतका विदेशी शिक्षण संस्थाबाट सम्बन्धन प्राप्त कलेजमा विद्यार्थी भर्ना गर्न नदिने भएको छ । त्यस्ता कलेजमा उच्च शिक्षामा भर्ना नगराउन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै सार्वजनिक रूपमा सूचना जारी गर्ने जनाएको छ ।

स्थलगत अनुगमन प्रतिवेदन तथा निर्देशिकाअनुसार न्यूनतम सर्त पूरा नगरेका तथा टाइम्स हाइयर एजुकेसन र सांघाइ जियाओतोङ वरीयतामा उत्कृष्ट १००० भित्र नपरेकालाई भर्ना नदिइने भएको हो । यस्ता कलेजमा विद्यार्थी भर्ना नगर्न नगराउन मन्त्रालयले सबैमा अनुरोध समेत गरेको छ ।

क्यूएए एक्रिडिटेसन पाए नपाएको तथा विश्व वरीयतामा उत्कृष्ट १००० भित्र परे नपरेको यकिन गरेर मात्रै भर्ना गर्न मन्त्रालयको अनुरोध छ । मापदण्ड नपुगेका कलेजहरूले भर्ना प्रक्रिया अघि बढाए सञ्चालन अनुमति रद्द गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका