जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल असार २० गते बिहीबारको राशिफल

आज २०८१ साल असार २० गते बिहीबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः सामान्य लगानीबाट पर्याप्त आम्दानी हुनेछ। साथीसँग भेट हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृषः बोलीमा सरस्वतीले बास गरेको दिन छ। धेरै मानिसले तपाईंसँग अपेक्षा गरेका छन्। बोल्दा सचेत बन्नु राम्रो हुनेछ। घरजग्गाको कारोबारमा नाफा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

मिथुनः दिन संघर्षपूर्ण छ। समस्याको सामना गरेर समाधान खोज्नु राम्रो हुनेछ। भएको संरक्षण गर्नुपर्ने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वदेशमा गरेको श्रम लगानीबाट उन्नति हुनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढ्नाले दिन सहज बन्नेछ।

कर्कटः दोहोरो चरित्रले समस्या पर्नसक्छ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट फाइदा हुनेछ। कृषि क्षेत्रमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः साथीले असहयोग गर्ने दिन छ। संगीत क्षेत्रमा सफलता मिल्नेछ। प्रतिभा देखाउनु राम्रो हुनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यले मनमा उत्साह थपिनेछ। परिवारमा योजना नसुनाउनु राम्रो हुन्छ। परिवारबाटै धोका हुने जोखिम देखिन्छ।

कन्याः उत्साहका साथ गरेका काम सफल बन्नेछन्। शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। नयाँ ठाउँको यात्राले नाम र दम मिल्नेछ। धार्मिक कार्यमा मन जानेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः बौद्धिक प्रतिस्पर्धामा तपाईंको विजय हुनेछ। रोकिएर रहेका काम सञ्चालन हुनेछन्। गुम्न लागेको धन प्राप्त हुनेछ। परिवारमा रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ। काम नगरी हल्ला गर्नाले हरेक ठाउँमा धोका हुने जोखिम रहेको छ।

वृश्चिकः योजना फेलबदल हुनेछन्। खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत हुनु राम्रो हुन्छ। न्यायपूर्वक गरेको श्रमको उचित मूल्य प्राप्त हुनेछ। छिटो निर्णय गर्ने बानीले मन उदास हुनेछ।

धनुः आफ्नो प्रयास र संघर्षले गर्ने कामले खुशी बनाउने छ। अरुसँग अपेक्षा नगर्नु राम्रो हुनेछ। अरुसँग आशा गर्दा असफल बन्ने देखिन्छ। अधिकारका लागि संघर्ष गर्नुपर्नेछ। रचनात्मक काममा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकरः काम गर्दा सचेत हुनुपर्ने देखिन्छ। शिक्षामा असफलता बढ्ने देखिन्छ। ठुला योजनाम हात नलगाउनु राम्रो हुन्छ। परिवार भन्दा बाहिरबाट सहयोग लिनु उचित हुन्छ।

कुम्भः मानसिक झन्झट आइपर्न सक्छ। झुटा आरोपको सामना गर्नुपर्ने दिन छ। झुटा आरोप लाग्ने खतरा छ। मन अशान्त हुनेछ। धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुन्छ।

मीनः नयाँ ठाउँको यात्रामा जाने योग छ। खानपानमा ख्याल नगर्दा रोगको चपेटामा पर्ने सम्भावना छ। सामाजिक र राजनीतिक क्षेत्रमा गरेको कामको उचित मूल्यांकन हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका