जोडिनुहोस
  • होमपेज
  • सी–पुटिन भेटवार्ता, सम्बन्धलाई संरक्षणमा जोड

सी–पुटिन भेटवार्ता, सम्बन्धलाई संरक्षणमा जोड

अस्ताना । चीनका राष्ट्रपति सी चिनफिङले चीन र रुसबीचको विशेषखालको सम्बद्धको महत्त्वलाई निरन्तर रूपमा संरक्षण गर्नुपर्ने बताएका छन् ।

कजाखस्तानको अस्तानामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को तीनदिने शिखर सम्मेलनमा भाग लिन गएका सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुधबारको भेटवार्ताका क्रममा यस्तो बताएका हुन् । उनीहरूबीच शिखर सम्मेलनको ‘साइडलाइन’मा वार्ता भएको हो ।

सिन्ह्वाले जनाए अनुसार, त्यसअवसरमा उनले दुवै देश आफ्ना अधिकार र चासोको रक्षाका निम्ति पनि लाग्नुपर्ने बताएका थिए । ग्लोबल टाइम्सबाट ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका