जोडिनुहोस
  • होमपेज
  • इजरायल र अमेरिकाविरुद्ध लेबनानलाई सघाउन इराकी लडाकू तयार

इजरायल र अमेरिकाविरुद्ध लेबनानलाई सघाउन इराकी लडाकू तयार

गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र संयुक्त राज्य अमेरिकाविरुद्ध लडाइँ गर्न तयार रहेको जनाएको छ ।

इराकमा तथाकथित इस्लामिक प्रतिरोधका एक फिल्ड कमान्डरले लेबनानमा युद्धको स्थितिमा वृद्धि हुने बताए । एएफपीसँग कुरा गर्दै ती कमान्डरले इरान समर्थित समूहले लेबनानमा विशेषज्ञ र सल्लाहकार पठाएको बताए ।

इराकी राजनीतिक वैज्ञानिक अली अल–बैदारले यदि इजरायल र लेबनानको हिजबुल्लाह लडाकू समूहबीच ठूलो युद्ध भयो भने द्वन्द्व लेबनानको क्षेत्रमा मात्र सीमित नहुने चेतावनी दिए । ‘इराक र यसका सशस्त्र समूहहरू द्वन्द्वमा प्रवेश गर्नेछन् । उनीहरू आफ्ना सहयोगीहरूप्रति क्षमता मात्र नभइ आफ्नो वफादारी पनि देखाउन चाहन्छन्,’ उनले भने ।

हालैका हप्ताहरूमा इराकमा इस्लामिक प्रतिरोधले हुथीहरूसँगको सहकार्यमा इजरायलविरुद्ध ड्रोन हमलाको जिम्मेवारी लिएको छ । इजरायली सेनाले आक्रमणकारीको नाम उल्लेख नगरी अप्रिलदेखि पूर्वबाट थुप्रै हवाई आक्रमणहरू भएको तर ती सबैलाई यसको हवाई क्षेत्रमा प्रवेश गर्नुअघि रोकिएको पुष्टि गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका