जोडिनुहोस
  • होमपेज
  • राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न सकिएनः मन्त्री जोशी

राजनीतिक अस्थिरताले मन्त्रालयको काम चुस्त ढंगले गर्न सकिएनः मन्त्री जोशी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले पनि मन्त्रालयको सबै काम चुस्त ढंगले गर्न नसकेको बताएका छन् ।

कांग्रेस–एमालेबीच नयाँ सत्तासमिकरणका लागि समझदारी भएसँगै उनले सो प्रतिक्रिया दिएका हुन् । बिहीवार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री जोशीले राजनीतिक अस्थिरताले मन्त्रालयको काम व्यवस्थित ढंगले गर्न पनि व्यवधान खडा गरेको बताए । उनले आफूले निजामती सेवा ऐनसम्बन्धि विधेयकलाई छिटो पारित गर्न संसदीय समिति र राजनीतिक दलहरुसँग प्रयास गरेको पनि बताए । मन्त्री जोशीले कर्मचारीहरुको सरुवा छिटो छिटो हुने अवस्था अन्त्य गर्न पनि आफूले सक्दो पहल गरेको बताए ।

मन्त्री जोशीले संघीय निजामती सेवा ऐनको अभावमा प्रदेश र स्थानीय तहमा कर्मचारीको उचित व्यवसथा हुन नसकेको पनि स्मरण गराए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका