जोडिनुहोस
  • होमपेज
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले शनिबारका लागि दलको बैठक बोलाएको हो ।

संसदीय दलको बैठक शनिबार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ । बैठकमा नेकपा एमालेसँग सत्ता समीकरणका लागि भएको पछिल्लो सहमतिपछिको राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

कांग्रेसको बुधबार बसेको कार्यसम्पादन समिति बैठकले एमालेसँग सोमबार मध्यरातमा भएको सहमति अनुमोदन गरेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका