जोडिनुहोस
  • होमपेज
  • सहकारी छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलायो

सहकारी छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलायो

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाएको छ । शुक्रबार (भोलि) बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको समिति सदस्य ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा बैठक बस्नेछ । बैठकमा गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई छलफलका निम्ति बोलाइएको उनले बताइन् । समितिले अनुसन्धान गरिरहेको सहकारीको अवस्थाबारे उनीहरूसँग जानकारी लिइने उनले बताइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका