जोडिनुहोस
  • होमपेज
  • नेतृत्व निर्माण सहमति नजिक : जीवनराम श्रेष्ठ

नेतृत्व निर्माण सहमति नजिक : जीवनराम श्रेष्ठ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को नयाँ नेतृत्व टुङ्ग्याउन भइरहेको प्रयास सहमति नजिक पुगेको छ । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा जारी दसौँ राष्ट्रिय महाधिवेशनमा २१ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय नयाँ नेतृत्व सहमतिमै टुङ्ग्याउन नेताहरू अन्तिम गृहकार्यमा जुटेको नेता जीवनराम श्रेष्ठले बताए ।

‘महाधिवेशनका प्रतिनिधिहरूको भावना अनुसार छलफल गरी सर्वसम्मत नेतृत्व निर्माण गर्ने सन्दर्भमा सहमतिको नजिक पुगेको छ’, श्रेष्ठले भने, ‘पदाधिकारीमा लगभग सहमति जुटिसक्यो केन्द्रीय सदस्यहरूका लागि सहमतिको प्रयास भइरहेको छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका