जोडिनुहोस
  • होमपेज
  • १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ

१६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आउँदो आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधानका निम्ति समिति गठन गरिएको उनले जानकारी गराए । निगम सञ्चालनमा निजी क्षेत्रलाई पनि सहभागी गराउने विषयमा सरकारले गम्भीर ढंगले छलफल गरिरहेको उनले उल्लेख गरे ।

“आगामी आर्थिक वर्षमा १६ लाख पर्यटकहरू भित्रिनेछन् । नेपाल वायुसेवा निगमको समस्याको बारेमा पनि चिन्ताका साथ विषय उठाइएको छ,” उनले भने, “नेपाल वायुसेवा निगमभित्र देखिएको अनियमितताबारे छानबिन समिति हिजो गठन गरिएको छ । यसमा निजी क्षेत्रलाई समेट्ने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा भइरहेको छ ।”

मन्त्री तामाङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आफूले सक्दो पहल गरिरहेको पनि बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका