जोडिनुहोस
  • होमपेज
  • धनुषामा तीन जना बालिकाको पोखरीमा डुबेर मृत्यु

धनुषामा तीन जना बालिकाको पोखरीमा डुबेर मृत्यु

जनकपुरधाम– धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ । जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्वामा पोखरीमा नुहाउन गएका ३ जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनौजी गाउँपालिका वडा नम्बर ५ बहुअर्वाकि ११ वर्षीय मुस्कान खातुन,१० वर्षीय अजमेरी खातुन र ९ वर्षीय जिन्नत खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रंजन आवाले जानकारी दिए ।

मृत्यु भएका तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका