जोडिनुहोस
  • होमपेज
  • चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति : उपप्रधानमन्त्री श्रेष्ठ

चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना दुवै देशको हित हुनेगरी अघि बढाउने व्यवस्था पनि समझदारी पत्रमा उल्लेख गरिएको बताए ।

बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो परियोजनामा अनुदान र ऋण दुवै हुनेगरी योजनाहरू अघि बढाउने व्यवस्था गरिएको पनि उल्लेख गरे । दुवै देशको हितमा हुनेगरी बीआरआई परियोजना अघि बढाउने विषयमा नेपाल–चीनबीच समझदारी भइसकेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो ।

“बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई) परियोजनाको समझदारीपत्रमा हस्ताक्षर गर्‍यौँ । त्यस विषयमा लगातार छलफल हुँदै आयो । र त्यसको मस्यौदा तयार भयो । त्यो मस्यौदा तयार भइसकेपछि त्यो मस्यौदा करिवकरिव अन्तिम स्थितिमा पुगेको अवस्था हो । र त्यसलाई हस्ताक्षर गर्ने हाम्रो नीति छ,” उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले सरकारले बीआरआई परियोजनाको इम्पिलिमेन्टेसन प्लानलाई स्वीकार गरेर अघि बढ्ने पनि बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका