जोडिनुहोस
  • होमपेज
  • मधेश : मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

मधेश : मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिने

जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले असार २२ गते विश्वासको मत लिने भएका छन्।

सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री सिंहले असार २२ गते शनिवार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्। मधेश प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो।

मधेश प्रदेशसभामा नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ९, नेकपा एसका ७, राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/१ जना गरेर १०७ सदस्य छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका