जोडिनुहोस
  • होमपेज
  • मेडिकल काउन्सिलले स्नातकोत्तर भर्नाको शुल्क नलिने

मेडिकल काउन्सिलले स्नातकोत्तर भर्नाको शुल्क नलिने

काठमाडौं । चिकित्सा शिक्षा स्नातकोत्तर पढाउने कलेज तथा प्रतिष्ठानहरूले अब भर्नावापत् नेपाल मेडिकल काउन्सिललाई शुल्क बुझाउनु नपर्ने भएको छ । काउन्सिलले २०८१ जेठ २१ गते गरेको निर्णय आगामी शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने भएको हो ।

स्नातकोत्तरका एमडी, एमएस, एमडीएस वा सो सरहको तहमा विद्यार्थी भर्नावापत्को शुल्क नलिने काउन्सिलले जनाएको छ । विदेशी विद्यार्थीको हकमा स्नातकोत्तर वा सोभन्दा माथिको दर्ता शुल्क ‘पीजी इन्रोल्मेन्ट’ भने लिइने काउन्सिलले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका