जोडिनुहोस
  • होमपेज
  • रेडबुक पुनर्लेखनको माग गर्दै मधेश सभामा प्रतिपक्षी दलको अवरोध

रेडबुक पुनर्लेखनको माग गर्दै मधेश सभामा प्रतिपक्षी दलको अवरोध

जनकपुरधाम । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल गर्न बोलाइएको मधेश प्रदेशसभा बैठक प्रतिपक्षी दलले अवरोध गरेका छन् ।

सभामुख रामचन्द्र मण्डलले बैठक सुरू गरेलगत्तै लोसपाकी सांसद रानी शर्मा तिवारीले रेडबुक पुनर्लेखन गर्नुपर्ने माग सम्बोधन नगरेको टिप्पणी गरिन् । त्यसपछि सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

अर्थमन्त्री भरतप्रसाद साहले असार १ मा ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएका थिए । तर, रेडबुकमा तीन अर्ब रूपैयाँभन्दा बढीको योजना फरक परेको बताइएको छ । आइतबार नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा र राप्रपाले बजेट तथा रेडबुक पुनर्लेखनको माग गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका थिए । मुख्यमन्त्री सिंहले बजेट पुनर्लेखन गर्ने आश्वासन दिएपनि नगरेको प्रतिपक्षी दलका सांसदहरूको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका