जोडिनुहोस
  • होमपेज
  • सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ललितपुरबाट तीन भारतीयसहित ५ जना पक्राउ

सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ललितपुरबाट तीन भारतीयसहित ५ जना पक्राउ

काठमाडौं। ललितपुर प्रहरीले भारतीय नागरिक बस्ने फ्ल्याटमा छापा मारेको छ। सो क्रममा सुन, सुन गाल्ने मेसिन र ५० लाखसमेत प्रहरीले बरामद गरेको छ। त्यस्तै पाँच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका २० वर्षीय विक्रम यलवर र १८ वर्षीय अभिषेक विभुते छन्। त्यस्तै भक्तपुरका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरका २० वर्षीय यशवन्त सुनार छन् ।

उनीहरूको साथबाट १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचर बरामद भएको प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिका–१४ स्थित एक निर्माणाधीन घरमा शङ्कास्पद कारोबार भइरहेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त सातदोबाटोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर भारतीय नागरिक युवराजको फ्ल्याटमा खानतलासी गरेको थियो। यस प्रकरणमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका