जोडिनुहोस
  • होमपेज
  • सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिने तीनजना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस लिने तीनजना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित पर्यटन विकास आयोजना इकाइ कार्यालयका इन्जिनियर राजीव बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेका अन्यमा पर्यटन विकास आयोजना इकाइ कार्यालयका सबइन्जिनियरद्वय राजन कुमार भट्टराई र सञ्जय अर्याल छन् । उनीहरूले सेवाग्राहीबाट १७ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो

भट्टराई र अर्यालले निर्माण कार्य सम्पन्नपछि अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीहरूमाथि निगरानी बढाएको थियो । यसै क्रममा टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले भट्टराई र अर्याललाई सेवाग्राहीबाट १७ हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा केही दिनअघि नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान गर्दा पर्यटन विकास आयोजना इकाइ कार्यालय, काठमाडौंका इन्जिनियर राजीव बस्नेतको पनि मिलेमतो रहेको पाइएको अख्तियारले जनाएको छ ।

निर्माण सम्पन्नपछि ठेक्काबापतको रकम प्राप्तिका निम्ति सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरूले १७ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

धेरै टिप्पणी गरिएका