जोडिनुहोस
  • होमपेज
  • भारत–जर्मनी अन्तरसरकारी समन्वयको बैठक भारतमा हुने

भारत–जर्मनी अन्तरसरकारी समन्वयको बैठक भारतमा हुने

काठमाडौं– भारतका लागि जर्मन राजदूत डा. फिलिप एकरमानले यस पटक भारत–जर्मनी अन्तरसरकारी समन्वयको बैठक भारतमा हुने जनाएका छन् ।

डब्लूआईओएनसँगको कुराकानीका क्रममा राजदूत एकरमानले बैठकमा भारतीय प्रधानमन्त्रीका साथै जर्मन चान्सलर पनि सहभागी हुने उल्लेख गरे । साथै बैठकमा दुवै मुलुकका मन्त्रीहरूसहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुने उनको भनाइ छ । मिति तय नभइसके पनि यही वर्षको अक्टोबर महिनामा उक्त बैठक डाक्ने तयारी भइरहेको उनले उल्लेख गरे ।

पछिल्लो समय सन् २०२२ मा जर्मनीको राजधानी बर्लिनमा उक्त बैठक बसेको थियो । यस्तो बैठक दुई दुई वर्षमा बस्दै आएको छ । कुराकानीका क्रममा उनले भारतमा व्यापारको वातावरणमा सकारात्मक सुधार आइरहेको पनि उल्लेख गरे । भारतमा रहेका ८० प्रतिशतभन्दा धेरै जर्मन कम्पनीले लगानी बढाउने तयारी गरिरहेको पनि उनको भनाइ छ

धेरै टिप्पणी गरिएका