जोडिनुहोस
  • होमपेज
  • एमालेलक्षित झलनाथको टिप्पणी : कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन

एमालेलक्षित झलनाथको टिप्पणी : कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा पार्टीको महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई उनले दलाल पुँजीवादको संज्ञा दिए । कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे ।

अहिले नेकपा एमालेभित्र भूकम्प गएको बताए । नेकपा (एकीकृत समाजवादी) को विकास र विस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गरे । “हाम्रो पार्टीको विकास र विस्तारलाई रोक्नसक्ने यो देशमा कुनै शक्ति छैन । हरेक हिसाबले हाम्रो पार्टी अघि बढ्ने अवस्थामा छ । कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणापन्थी यथास्थितिवाद हावी छ । आम कार्यकर्ताले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन् । सही पार्टी खोजिरहेका छन् । स्वयं नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरुमा एक किसिमको भूकम्प गइरहेको छ । जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ,” उनले भने ।

सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुनःगठनको प्रक्रिया सुरुआत हुने बताए ।

धेरै टिप्पणी गरिएका