जोडिनुहोस
  • होमपेज
  • नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुसी भइहाल्ने अवस्था छैन : कोइराला

नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुसी भइहाल्ने अवस्था छैन : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी हुनसक्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले संविधानलाई सबैले मान्नुपर्ने समेत बताए ।

कोइरालाले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए । उनले सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठुला दल मिलेर सरकार बनाउनु उचित रहेको बताए । नेता कोइरालाले गिरिजाप्रसाद कोइरालाले लिएका सङ्कल्पलाई ध्यानमा राखेर कांग्रेस अघि बढ्ने बताए ।

धेरै टिप्पणी गरिएका