जोडिनुहोस
  • होमपेज
  • मिथिला बिहारीका प्रमुख प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

मिथिला बिहारीका प्रमुख प्रशासकीय अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला बिहारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादवलगायत चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रममा पाँच लाख ३४ हजार ७१० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा मिथिला बिहारी नगरपालिकाका लेखापाल सुभाषकुमार झा, जिन्सी शाखाका प्रमुख उपेन्द्र यादव मजदुर होजियारी उद्योगका प्रोपाइटर रामसुन्दर साह तेली रहेका छन् ।

आर्थिक वर्ष २०७९/०८० मा मिथिला बिहारी नगरपालिकामा–९ स्थित आधारभूत विद्यालय र रामजानकी प्राथमिक विद्यालयमा विद्यार्थी सिकाई अभिवृद्धि कार्यक्रमअन्तर्गत कुनै काम नगरी भुक्तानी लिएको भन्ने उजुरी परेपछि अख्यितारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा उनीहरूले आपूर्तिकर्ताको झुट्टा दरभाउ पत्र तयार गरी खरिद मूल्यांकन समितिको बैठकमार्फत मूल्यांकनसमेत नगराई सामग्री गरिद गरी पाँच लाख ३४ हजार ७१० रुपैयाँ भ्रष्टाचार गरेको देखिएको अख्तियारले जनाएको छ ।

धेरै टिप्पणी गरिएका