जोडिनुहोस
  • होमपेज
  • बंगलादेशी प्रधानमन्त्री चीनतिर, भुटानका राजा मंगोलियातिर

बंगलादेशी प्रधानमन्त्री चीनतिर, भुटानका राजा मंगोलियातिर

एजेन्सी- बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सोमबार चीन भ्रमणमा जाने भएकी छन् ।

यसअघि भारत भ्रमणमा गइसकेकी उनी सोमबार बेइजिङ यात्रामा निस्किन लागेकी हुन् ।लगातार चौथो पटक सरकारको प्रमुखका रूपमा कार्यभार सम्हालेपछि उनको यो दोस्रो विदेश यात्रा हो ।

यसअघि शेख हसिना द्विपक्षीय वार्ताका लागि गतज जुन २१-२२ मा भारत पुगेकी थिइन् ।भारत सरकारसँग उनले रेल यातायातसमेत कयौँ अलग-अलग मुद्दामा करिब १० सम्झौतामा हस्ताक्षर गरिन् । भारत भ्रमणको दुई सातापछि उनी चीन भ्रमणमा जान लागेकी हुन्। शेख हसिनाको चीन भ्रमण बंगलादेशका लागि कूटनीतिक र आर्थिक रुपमा अहम् मानिएको छ ।

समाचार अनुसार यो भ्रमणका क्रममा चीनले ठूला परियोजना सक्नका लागि अर्बौँ रुपैयाँ ऋण दिन सक्ने छ । साथै यसबाट बंगलादेश सरकारलाई बजेट घाटा पूरा गर्न पनि सहयोग मिल्नेछ । पछिल्ला १५ वर्षमा चीनले बंगलादेशमा कयौँ मेगा-प्रोजेक्टका लागि ऋण दिएको छ । यसका साथै ती परियोजना सक्न पनि चीनले अहम् भूमिका निभाएको छ ।

बहुचर्चित पद्मा पुलको विशाल संरचना निर्माण र कर्णफुली सुरूङ निर्माणपछि चीन अब बंगलादेशमा तिस्ता परियोजनामा पनि जोडिँदैछ । बंगलादेशका पूर्व विदेश मन्त्री तौहीद हुसैनले बीबीसीलाई बताएअनुसार यस पूरा मामिलामा बंगलादेशलाई जति नै चीनलाई पनि लाभ पुग्दै छ । यसका अलावा, भू-राजनीतिक रणनीतिमार्फत हेर्दा चीनका लागि बंगलादेशले विशेष महत्व राख्छ ।

भुटानी राजा मंगोलियातिर

उता भुटानका राजा जिग्मे केसर नाम्ग्याल वाङ्चुक सोमबार नै मंगोलिया भ्रमणका लागि जाँदैछन् । साता लामो भ्रमणका लागि उनी मंगोलिया जान लागेका त्यहाँस्थित विदेश मन्त्रालयले जनाएको छ ।

राजा वाङ्चुक मंगोलियामा आयोजना हुन लागेको मंगोलियन नेशनल नादम फेस्टिभलको उद्घनाट समारोहमा अतिथिका रुपमा सहभागी हुनेछन् । यी दुई भूपरिवेष्ठित मुलुक भुटान र मंगोलियाबीच सन् २०१२ मा कूटनीतिक सम्बन्ध स्थापित भएको हो ।

भ्रमणका क्रममा दुई देशका नेताहरूले द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोगलाई सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्ने कार्यतालिका पनि छ । सन् २०१२ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता भुटान राज्यका राज्य प्रमुख पहिलो पटक मङ्गोलिया यात्रामा जाँदैछन् ।

मंगोलिया रसिया र चीन जस्ता ठूला मुलुकबीचको भूपरिवेष्ठित राष्ट्र हो । यता भुटान पनि चीन र भारत जस्ता विशाल मुलुकबीचको अर्को भूपरिवेष्ठित मुलुकका रुपमा रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका